कालिकोट जिप दुर्घटना : एकको मृत्यु, चार घाइते


कालिकोट जिप दुर्घटना : एकको मृत्यु, चार घाइते

सांकेतिक तस्विर

नेपालगन्ज २२ असार : कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

रास्कोट नगरपालिका–५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार विहान दुर्घटना भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटनामा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त, जिप रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । १२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।