बर्दिया २२ असार : बाघको आक्रमणमा परी बर्दियामा फेरि एक बृद्धको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–३ भगरैया निवासी ६७ वर्षिय चित्रबहादुर खत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार घरबाट सम्र्पक विहीन भएका खत्रीको खोजतलास गर्ने क्रममा मधुवन नगरपालिका वडा नम्बर–३ भगरैयास्थित सम्झना सामुदायिक वनमा हात खुट्टा नभएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मानिस हराएको सूचना पाए लगत्तै भगरैयामा रहेको विओपीका सहायक प्रहरी निरीक्षक अस्मिन चौहान मगरको कमाण्डमा १२ जना शसस्त्र प्रहरी, प्रहरी चौकी धनौराबाट सहायक प्रहरी निरीक्षक रामसमाज कुर्मीको कमाण्डमा ४ जना र स्थानीयबासी १० जना गरी जम्मा २६ जनाको टोलीले खोज तलास गर्ने क्रममा शव फेला पारेको हो ।
बर्दियामा पछिल्लो पटक बाघको आक्रमणमा परी मानिसको मृत्यु हुने क्रम रोकिएको छैन ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने