नेपालगन्ज २२ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलि ल्याएको ठूलो मात्रामा सामान बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोकबाट अबैधरुपमा नेपाल भित्र्याउँदै गरिएको विभिन्न कम्पनीको पंखा बरामद गरिएको हो ।
बझाङ बुङ्गल नगरपालिका वडा नम्बर–३ बस्ने ३४ वर्षीय जसमन धामीले चलाई ल्याएको पेट्रोल अटोलाई रोकी चेकजँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याईएका ८० हजार मूल्यको पंखा बरामद भएको प्रहरीले जनाएकोछ ।
प्रहरीद्वारा बरामद गरिएको उक्त सामानमा ३० थान सानो पंखा र ४० थान ठुलो गरी जम्मा ७० थान पंखाको अन्दाजी ८० हजार रहेको बाँके प्रहरीले बताएकोछ ।
बाँके प्रहरीले बरामद गरेको उक्त अबैध पंखा अटो सहित आवश्यक कारबाहीका लागी नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने