भन्सार छलि ल्याईएका पंखा बरामद


भन्सार छलि ल्याईएका पंखा बरामद

नेपालगन्ज २२ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलि ल्याएको ठूलो मात्रामा सामान बरामद गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोकबाट अबैधरुपमा नेपाल भित्र्याउँदै गरिएको विभिन्न कम्पनीको पंखा बरामद गरिएको हो ।

बझाङ बुङ्गल नगरपालिका वडा नम्बर–३ बस्ने ३४ वर्षीय जसमन धामीले चलाई ल्याएको पेट्रोल अटोलाई रोकी चेकजँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याईएका ८० हजार मूल्यको पंखा बरामद भएको प्रहरीले जनाएकोछ ।

प्रहरीद्वारा बरामद गरिएको उक्त सामानमा ३० थान सानो पंखा र ४० थान ठुलो गरी जम्मा ७० थान पंखाको अन्दाजी ८० हजार रहेको बाँके प्रहरीले बताएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके प्रहरीले बरामद गरेको उक्त अबैध पंखा अटो सहित आवश्यक कारबाहीका लागी नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।