हिरासतको ग्रिल काटेर थुनुवा फरार


हिरासतको ग्रिल काटेर थुनुवा फरार

सिरहा २६ असार : ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।

लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः ०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । -रासस