नेपालगन्ज २८ असार : जबरजस्ति करणी मुद्दामा संलग्न फरार प्रतिबादीलाई बाँके प्रहरीले ३ महिनापछि पक्राउ गरेकोछ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ ढकेरी बस्ने २८ वर्षिय जितबहादुर थारुलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार जिप्रका बाँकेको टोलीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले गत चैत २२ गते ९ वर्ष ८ महिना २२ दिनको कैद सजाय तोकेको थियो । अदालतबाट कैद सजाय भएका थारु फरार रहदै आएका थिए ।
पक्राउ परेका थारुलाई जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको बाँके प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने