नेपालगन्ज ३० असार : महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ बजे आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।
रणभीम गण प्रकौली (ख) गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथि गृहसँगै रहेको कोतमा आज बिहान ३ देखि ६ बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नं २८८८६१ भएका सिपाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करिब ५ आफ्नो ड्युटी सकेर हतियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा करिब बिहान सवा ६ बजेतिर आफैंले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।
सिपाही तामाङले के–कति कारणले आफैंलाई गोली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । उनको शव सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगएको जनाइएको छ । -रासस
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं