काठमाडौं ३ साउनः नेपाल संयुक्त राष्ट्रसंघकको शान्ति स्थापना कार्यमा योगदान गर्ने राष्ट्रको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि नेपाल चौंथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको थियो ।
संयुक्त राष्ट्रसंघले नेपाल शान्ति मिसनमा योगदान गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिएको जानकारी दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रसंघीय शान्ति मिसनमा मुख्यतः नेपाली सेना परिचालित भए पनि केही संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी पनि सहभागी छन् । अहिले विभिन्न १२ वटा मिसनमा नेपाली शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।
नेपालबाट विभिन्न शान्ति मिसनमा खटिएका ५ हजार ५७१ जना शान्ति सैनिक (सशस्त्र प्रहरी र प्रहरीसमेत) अहिले विभिन्न मुलुकमा खटिएका छन् । शान्ति मिसनमा योगदान गर्नेमा नेपालभन्दा अगाडि अब बंगलादेश मात्र छ ।
बंगलादेशका ६ हजार ५५४ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन् । नेपालपछि योगदान गर्नेमा भारत, इथियोपिया, रुवाण्डा लगायत मुलुक छन् ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने