ब्राउनसुगर र श्रोत नखुलेको ५ लाखबढि रकम सहित दुईजना पक्राउ


ब्राउनसुगर र श्रोत नखुलेको ५ लाखबढि रकम सहित दुईजना पक्राउ

नेपालगन्ज ५ साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ ठटेरियन टोलबाट ब्राउनसुगर र श्रोत नखुलेको ५ लाख बढि रकम सहित दुई जना पक्राउ परेकाछन् ।

ठटेरियन टोलमा लागु औषधको कारोबार भइरहेको विशेष सूचानाका आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ६१ वर्षिय गुन्नु कबडिया र सोही वडाका १८ वर्षिय राहुल कबडिया पक्राउ परेका छन् ।

उनीहरु बसेको कोठाबाट प्रहरीले २ ग्राम १०० मिलीग्राम ब्राउनसुगर, श्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।