नेपालगन्ज ५ साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ ठटेरियन टोलबाट ब्राउनसुगर र श्रोत नखुलेको ५ लाख बढि रकम सहित दुई जना पक्राउ परेकाछन् ।
ठटेरियन टोलमा लागु औषधको कारोबार भइरहेको विशेष सूचानाका आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ६१ वर्षिय गुन्नु कबडिया र सोही वडाका १८ वर्षिय राहुल कबडिया पक्राउ परेका छन् ।
उनीहरु बसेको कोठाबाट प्रहरीले २ ग्राम १०० मिलीग्राम ब्राउनसुगर, श्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो