बकराईदमा पौडी खेल्न गएका नेपालगन्जका तीन युवाको डुबेर मृत्यु


बकराईदमा पौडी खेल्न गएका नेपालगन्जका तीन युवाको डुबेर मृत्यु

नेपालगन्ज ६ साउन : मुस्लिम समुदायको पर्व बकराईदका अवसरमा खोलामा पौडी खेल्न गएका नेपालगन्जका तीन युवाको डुडुवा खोलामा डुबेर मृत्यु भएकोछ ।

बाँकेको कोहलपुर स्थित डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो तीन युवाको डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार बकराईदको अवसरमा नेपालगन्जबाट साथीभाइसंग पौडी खेल्न गएका पाँच जना युवा डुडुवा खोलामा डुबेका थिए । सोक्रममा तीन जनाको घटना स्थलमै मृत्यु भएको र बाँकी २ जनालाई सकुशल बचाउन सफल भएको डिएसपी न्यौपानेले जानकारी दिए ।

सेतोखरीसंग कुरा गर्दै डिएसपी न्यौपानेले भने–‘कोहलपुर नगरपालिका वडा नम्बर १० चटार स्थित डुडुवा खोलमा रमाइलो गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ श्रृष्टिहल नजिकबाट ५ जना युवा गएका थिए ।’

Kids Festival 2022
kanti aarogya hospital

पौडी खेल्ने क्रममा खोलामा डुब्दा तीन जना युवाको मृत्यु भएको र दुई जना युवकलाई प्रहरीले उद्धार गरेर बचाउन सफल भएको उनले बताए ।

डिएसपी न्यौपानेका अनुसार डुडुवा खोलामा डुबेर मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–११ श्रृष्टिहल नजिकका अन्दाजी १८ वर्षीय रासिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढ रहेका छन् ।

यस्तै उनीहरुसँगै रहेका ईरफान जसगढ र अहमान जसगढलाई प्रहरीले डुडुवा खोलाबाट उद्धार गरि बचाउन सफल भएको थियो ।

पौडी खेल्ने क्रममा युवा डुबेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरीको टोली घटना स्थल पुगेर खोजी गर्दा तीन जना मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगन्ज राखेकोछ । डिएसपी न्यौपानेका अनुसार भोली बिहान मात्रै शव पोष्टमार्टम हुनेछ ।

यता बुधबार विहानैदेखि बाँकेको मौसममा आएको परिर्वतनले वर्षा भएको थियो । विहानै जिल्लाका केही स्थानमा भारी वर्षा समेत भएकाले राप्ती नदी र डुडुवा खोलामा जलस्तर बढेकोछ ।