सटर फोडेर लाखौं मूल्यको मोबाईल चोर्ने प्रहरी फन्दामा


सटर फोडेर लाखौं मूल्यको मोबाईल चोर्ने प्रहरी फन्दामा

नेपालगन्ज १४ साउन : जिल्ला प्रहरी कार्यालय बाँकेले सटर फोडेर लाखौं मूल्यको मोबाइल र्चोन गिरोहलाई पक्राउ गरेकोछ । यसरी पक्राउ पर्नेमा १२ वर्षिय बालक ‘रङ्गशाला’सहित तीन जना रहेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्सबाट मोबाईल चोर्ने गिरोहलाई पक्राउ गरेको हो ।

यही साउन ८ गते विहान २ बजेतिर पुर्णप्रसाद गौतमले सञ्चालन गरेको उक्त सप्लार्यसमा १२ वर्षिय बालक रङ्गशालासहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार राती अन्दाजी १० बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ बस्ने २४ वर्षिय सुमित शर्मा, नेपालगन्ज वडा नम्बर–१३ बस्ने १८ वर्षिय ‘पहाड’ र नेपालगन्ज– १३ बस्ने १२ वर्षिय ‘रङ्गशाला’ रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला प्रहरी कार्यालय बाँकेमा बिहीबार पत्रकार सम्मेलन गरि उनीहरुले चोरी गरेको मोबाईल, हाते घडी लगायतका सामाग्री सार्वजनिक गरिएको हो । उनीहरुबाट बरामद भएको उक्त सामाग्रीको अन्दाजी मूल्य १० लाख रहेकोछ ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार उनीहरुले गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी पसल भित्र प्रबेश गरी पसलमा रहेका बिभिन्न कम्पनीका मोवाईल, घडी, एमपि थ्री, विभिन्न बैंकहरुको चेक लगायतका सामाग्री चोरी गरि फरार भएका थिए ।

मोबाईल पसलमा भएको चोरी घटना लगत्तै बाँके प्रहरीले चोरको गिरोह पक्राउ गर्न बिशेष प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्ने क्रममा उक्त पसलमा चोरी गर्ने कार्यमा संलग्न नाबालकसहित तीन जनालाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रमुख अधिकारीले बताए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार पक्राउ परेका तीनैजनामाथि मुलुकी फौजदारी संहिता ऐन–२०७४ को दफा २४३ को उपदफा (३) बमोजिम ३ देखी ५ वर्ष कैद र ३० देखी २५ हजारसम्म जरिवानाको कारबाही हुने बताए ।

प्रहरीको अनुसन्धानबाट चोरी कार्यमा संलग्न तीनै जना साथीहरु रहेको पाइएकोछ । उनीहरुले साउन ८ गते रातको समयमा उक्त मोबाइल पसलमा चोरी गर्ने योजना बनाई फलामको रडले सटर फोडी पसल भित्र सुमित शर्मा र ‘पहाड’ पसेको र बाहिर १२ वर्षिय ‘रङ्गशाला’ले रेक्की गरेको खुल्न आएकोछ ।

–चोरी कार्यमा संलग्न २ जना बालक(१८ वर्षमुनी) रहेकाले समाचारमा उल्लेख गरिएको ‘रङ्गशाला’ र ‘पहाड’ परिर्वतित नाम हो ।