बबई क्याम्पस प्रमुखको कक्षमा अनिश्चितकालिन तालाबन्दी


बबई क्याम्पस प्रमुखको कक्षमा अनिश्चितकालिन तालाबन्दी

बर्दिया १८ साउनः बबई बहुमुखी क्याम्पस प्रमुख विरेन्द्रराज लम्सालको कक्षमा अनिश्चितकालिन तालाबन्दी गरिएकोछ ।

आफ्ना मागहरुका विषयमा मध्यपश्चिम विश्वविद्यालयले गम्भीरता पुर्वक नलिएको भन्दै विद्यार्थीले बर्दिया स्थित बबई बहुमुखी क्याम्पस प्रमुखको कक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयले संयुक्त विद्यार्थी संगठनका १८ बुँदे मागहरुको सुनुवाई नगरेको भन्दै सोमबार क्याम्पस प्रमुखको कक्षमा अनिश्चितकालिन तालाबन्दी गरिएको अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला सदस्य एंव बबई बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष बहादुर शाहीले जानकारी दिए ।

विभिन्न संकायका सबै सेमेष्टरमा रोकिएका छात्रबृद्धि तत्काल विद्यार्थीलाई प्रदान गर्नुपर्ने, मध्यपश्चिम विश्वविद्यालयको नियमित हुनु पर्ने दिक्षान्त समारोह तत्काल हुनुपर्ने, मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको मिति तत्काल सार्वजनिक गर्नुपर्ने, बैकल्पिक माध्यमबाट कक्षा सञ्चालन भएपनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यबस्तु उपलब्ध नभएको कुरा जगजाहेर रहेको अवस्थामा तत्काल मध्यपश्चिम विश्वविद्यालयले पाठयक्रम अनुसारको ई–ल्यावरीको व्यवस्था गर्नुपर्ने, सेमेष्टर अध्ययन सकिएपछि परीक्षा विनै सेमेष्टर अभिबृद्धि स्थगित गर्नु पर्ने, रोकिएका सम्पुर्ण संकाएका सबै परीक्षाहरु तत्काल सञ्चालन गर्नुपर्ने, विद्यार्थीहरुको शैक्षिक सुधारका मागसहित आन्दोलन विद्यार्थीहरुलाई परीक्षा रोक्नेगरी गरिएको कारवाही तत्काल फुकुवा हुनुपर्ने, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिले पदीय मर्यादा बिर्सिएर नाजायज अभिव्यक्ति दिएको निरकुश तानाशाहि अप्रजातान्त्रीक प्रबृत्ति देखाएकाले १८ बुँदे माग राखि गत साउन ३ गते दिइएको ज्ञापन पत्रमाथि कुनै सुनुवाई नभएको भन्दै आफुहरुले बाध्य भएर तालाबन्दी गरेको शाहीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल बिद्यार्थी संघका अध्यक्ष जयराम विसी, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष सन्तोष बहादुर शाही, थारु विद्यार्थी समाजका अध्यक्ष अनिल थारु र दलित विद्यार्थी संघका अध्यक्ष खगेन्द्र सुनारले संयुक्त रुपमा विज्ञप्ती निकाली क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको जनाएका छन् । क्याम्पस प्रमुखको कक्षमा गरिएको तालाबन्दिका कारण क्याम्पसको महत्वपुर्ण काम रोकिएको छ ।