सुनसरी २४ साउन : सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेड बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
फेला परेको ग्रिनेड बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ