नेपालगन्ज २६ साउन : लुम्बिनी प्रदेश अनुसन्धान समुह (आरटीआई) ले पाल्पाबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेकोछ ।
पाल्पाको रिब्दकोट गाउँपालिका वडा नम्बर–७ बाट आरटीआईले एक थान चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको हो ।
सेतोखरीलाई प्राप्त सूचनाका अनुसार ६ फिट लम्बाई र ४ ईन्च चौडाई रहेको चितुवाको छालासहित पाल्पा रिब्दीकोट ७ बस्ने टंक बहादुर खत्रीको छोरा ४२ वर्षिय विष्णु खत्री र सोही ठाउँ बस्ने स्माईल मियाँको छोरा ४० वर्षिय रविन मियाँलाई प्रहरले पक्राउ गरेको हो ।
उनीहरुले कालो झोलामा सुतीको गम्छामा चितुवाको छाला बेरेको अवस्थामा मङ्गलबार दिउँसो एक बजे पक्राउ गरेको हो ।
आरटीआईले पक्राउ परेका ब्यक्ति र चितुवाको छाला पाल्पा प्रहरीलाई बुझाएकोछ ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ