बर्दिया २६ साउनः बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले ३५ किलो चित्तलको मासुसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई चित्तलको मासुसहित समातेको हो ।
उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिए ।
थापाका अनुसार पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर–१ सुर्यपटुवा डल्ला गाउँका स्थानीय रहेका जनाइएको छ । यद्यपि उनीहरूको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन ।
उनीहरूका साथमा अरू पनि तस्करहरू रहेको हुन सक्ने आशंकासहित निकुञ्जले खोजी कार्य तिव्र पारेकोछ ।
यसअघि गत पुष ६ गते पनि बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसियाँ पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायत सामग्री बरामद गरिएको थियो । त्यसबेला सुरक्षाकर्मी र तस्करबीच गोली हानाहानसमेत भएको थियो ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ