जुम्ला २८ साउन : भालुको आक्रमणमा परि जुम्लामा एक दम्पती परिवार घाईते भएकाछन् ।
भालुको आक्रमणबाट जुम्ला सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएका हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएका हुन् ।
उनीहरु बिहीबार बिहान घरबाट बाहिर निस्कनै लाग्दा भालुले आक्रमण गरेको हो । दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
घाइतेमध्ये निर्मलाको अनुहारमा चोटपटक लागेको छ भने हिमराजको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएकोछ ।
प्रहरीका अनुसार भालु बिहीबार बिहान ५ बजेतिर चन्दननाथ नगरपालिका ५ कार्किबाडामा पसेको थियो । प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेपनि भालुलाई भेटाउन नसकिएले खलंगा बजारका अन्यमाथि आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो