भालुको आक्रमणमा परी जुम्लामा रोकाया दम्पती घाइते


भालुको आक्रमणमा परी जुम्लामा रोकाया दम्पती घाइते

जुम्ला २८ साउन : भालुको आक्रमणमा परि जुम्लामा एक दम्पती परिवार घाईते भएकाछन् ।

भालुको आक्रमणबाट जुम्ला सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएका हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएका हुन् ।

उनीहरु बिहीबार बिहान घरबाट बाहिर निस्कनै लाग्दा भालुले आक्रमण गरेको हो । दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

घाइतेमध्ये निर्मलाको अनुहारमा चोटपटक लागेको छ भने हिमराजको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीका अनुसार भालु बिहीबार बिहान ५ बजेतिर चन्दननाथ नगरपालिका ५ कार्किबाडामा पसेको थियो । प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेपनि भालुलाई भेटाउन नसकिएले खलंगा बजारका अन्यमाथि आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएकोछ ।