नेपालगन्ज २८ साउन : भन्सार छलि ल्याएको चाँदीको बालासहित बाँके प्रहरीले एकजनालाई पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कायार्ल बाँकेका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर–६ बस्ने २८ वर्षिय कर्माठिले तामाङ पक्राउ परेका हुन् ।
पक्राउ परेका तामाङबाट १५ थान चाँदीको बाला बरामद भएकोछ । उक्त चाँदीको बालाको अन्दाजी मूल्य ६४ हजार ८६ रुपैयाँ रहेको प्रहरीले बताएकोछ ।
तामाङलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१५, जमुनाहबाट पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएकोछ ।
यसैबीच, बाँके प्रहरीले डुडुवा गाँउपालिका वडा नम्बर–६ मोहनपुर्वा स्थित छब्बन खानको जमिनमा रहेको झाडी भित्र लुकाई राखेको ३ थान सालको गोलिया (काठ) बरामद गरेकोछ ।
अन्दान्जि एक लाख ९६ हजार ५६० रुपैयाँ बराबरको उक्त सालको गोलिया (काठ) ईलाका प्रहरी कार्यालय हिरिमिनियाबाट खटेको प्रहरी टोलिले फेला पारेको हो । बरामद सालको गोलिया आवश्यक कारबाहीको लागी वन डिभिजन कार्यालय नेपालगन्ज पठाइएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो