पाल्पा ३० साउन : स्याल मार्न बाबुले चलाएको गोली लागि आफ्नै छोराको मृत्यु भएकोछ । यो घटना पाल्पाको हो ।
पाल्पाको रिब्दिकोट गाउँपालिका– ६ ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा लागेर उनका ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।
शुक्रबार साँझ मकैबारीमा स्याल धपाउन बन्दुक प्रहार गर्दा धनबहादुरको टाउकोमा छर्रा लागेको प्रहरीको भनाई छ ।
घर नजिकैको मकैबारीमा आएको स्याललाई ताकेर भरुवा बन्दुक पड्काउने क्रममा करिब १०० मिटर पर रहेका आफ्नै छोराको टाउकोमा छर्रा लागेर मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
भरुवा बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताए ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो