परासी साउन : १० वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३, सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो ।
निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
जिल्ला अदालतले वि.सं. २०७५ जेठ ३० गते लागुऔषध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए । -रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो