फरार अभियुक्त तीन वर्षपछि पक्राउ


फरार अभियुक्त तीन वर्षपछि पक्राउ

परासी साउन : १० वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३, सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो ।

निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला अदालतले वि.सं. २०७५ जेठ ३० गते लागुऔषध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए । -रासस