ईन्द्रपुरका केशवलाई प्रहरीले पक्र्यो


ईन्द्रपुरका केशवलाई प्रहरीले पक्र्यो

नेपालगन्ज ३१ साउन : साविक ईन्द्रपुर गाविस वडा नम्बर–७ बस्ने केशव गिरीलाई प्रहरीले पक्राउ गरेकोछ ।

आगलागी मुद्दाका फरार केशवलाई प्रहरीले पक्राउ गरेको हो । बाँकेको ईन्द्रपुर बस्ने २८ वर्षिय केशवलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

२०७७ फागुन १७ गते आगलागी मुद्दामा जिल्ला अदालत बाँकेले गिरीलाई ६ महिना कैद सजाय सुनाएको थियो । फैसला लगत्तै उनी फरार रहेका थिए । बाँके प्रहरीले गिरीलाई पक्राउ गरि थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको जनाएकोछ ।