अबैध सालको गोलिया र कपडा बरामद


अबैध सालको गोलिया र कपडा बरामद

नेपालगन्ज ३१ साउन : बाँके प्रहरीले अबैध सालको गोलिया(काठ) र कपडा बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ उदयपुरबाट २ वटा सालको गोलिया(काठ), २ वटा साईकल बरामद गरेको हो । बरामद गरेको सालको गोलिया(काठ) र साईकल आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय नेपालगन्ज पठाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै भारतबाट भन्सार छली गरि ल्याइएको ठूलो मात्रामा विभिन्न प्रकारका कपडा प्रहरीले बरामद गरेकोछ । नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर १० सुर्खेतरोडमा बेवारिसे अवस्थामा राखिएको अन्दाजी एक लाख १७ हजार दुई सय रुपैयाँ बराबरको उक्त कपडा बरामद गरि प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।