सांकेतिक तस्विर
नेपालगन्ज ३२ साउन : खसी बोकेर पश्चिमबाट पूर्व जाँदै गरेको मोटरसाईकललाई ट्रकले ठक्करदिँदा खसीसहित २ जनाको मृत्यु भएकोछ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ सिक्टामा सोमबार बिहान पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकले मोटरसाईकललाई ठक्कर दिएको हो ।
दुर्घटना लगत्तै मोटरसाईकलमा सवार बर्दिया बाँसगढी नगरपालिकाका चेतन बाहेरा र प्रदीप चौधरी गम्भीर घाईते भएका थिए । भने उनीहरुले मोटरसाईकलमै बोकेको खसी दुर्घटनामा मरेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका बोहरा र चौधरीको उद्धार गरि उपचारका लागि नेपालगन्ज मेडिक कलेज कोहलपुर लगिएको थियो । दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएकोछ ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६७९९ र पश्चिमबाट पूर्व गइरहेको लु ६८ प १८२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो