तालिवानको कब्जामा रहेको अफगानिस्तानबाट २९२ नेपाली सकुसल स्वदेश फर्किए


तालिवानको कब्जामा रहेको अफगानिस्तानबाट २९२ नेपाली सकुसल स्वदेश फर्किए

नेपालगन्ज १ भदौ : तालिवानको कब्जामा रहेको अफगानिस्तानबाट २९२ नेपाली सकुसल स्वदेश फर्र्किएका छन् । अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका हुन् ।

अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो ।

अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए । स्वीकृती पाएर अफगानिस्तानमा कार्यरत अझै धेरै नेपाली उद्धारको पर्खाइमा छन् ।

अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसी स्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ ।