नेपालगन्ज १ भदौ : तालिवानको कब्जामा रहेको अफगानिस्तानबाट २९२ नेपाली सकुसल स्वदेश फर्र्किएका छन् । अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका हुन् ।
अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो ।
अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए । स्वीकृती पाएर अफगानिस्तानमा कार्यरत अझै धेरै नेपाली उद्धारको पर्खाइमा छन् ।
अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसी स्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो