कुखुराको चल्लासहित ७ जना पक्राउ


कुखुराको चल्लासहित ७ जना पक्राउ

नेपालगन्ज १ भदौ : बाँके प्रहरीले अबैध कुखुराको चल्लासहित ७ जनालाई पक्राउ गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३, उदयपुरबाट भन्सार छली चोरीपैठारी गरि ल्याएको कुखुराको चल्लासहित ७ जनालाई बाँके प्रहरीले मङ्गलबार विहान पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले ५ हजार ५ सय गोटा कुखुराको चल्ला, ७ वटा साईकल र कुखुराको चल्ला चोरीपैठारीमा संलग्न ७ जनालाई पक्राउ गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।

प्रहरीले पक्राउ गरेका ७ जना ब्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।