पहिरोले नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध


पहिरोले नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध

धादिङ २ भदौ : त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको सिस्नेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरोमा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताइन् । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । -रासस