नेपालगन्ज ३ भदौ : बाँकेमा मोटरसाईकल चोरी गर्ने गिरोहलाई प्रहरीले रङ्गेहात पक्राउ गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुर क्षेत्रमा मोटरसाईकल चोरी गरि लिदै गर्दा रङ्गेहात तीन जना युवालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बिहीबार बिहान पौने तीन बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कको पूर्वतर्फको सडकबाट मोटरसाईकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउन पर्नेमा दुई जना १८ वर्षका र एक जना २० वर्षका युवा रहेकाछन् । प्रहरीले उनीहरुका साथबाट भे ३ प ६००४ नम्बरको कालो निलो रङको डिस्कभर मोटरसाईकल, एनएस मोटरसाईकलको निलो रङको हेडलाईट एक थान, पल्सर मोटरसाईकलको निलो रङको ट्याङ्कीको कभर एक थान र मोटरसाईकलका पाटपूर्जाहरु खोल्न प्रयोग गरिने स्क्रु ड्राइभर, रेन्ची, मोटरसाईकलको स्टिकर ७ थान, तीन थान मोबाईल र १३ चक्की नाईट्राभ्याट लागुऔषध बरामद भएकोछ ।
प्रहरीका अनुसार पक्राउ पर्ने तीनै जना युवा रुकुम चौरजहारी नगरपालिका–११ का बासिन्दा हुन् । जसमध्ये २० वर्षिय सुन्दर मल्ल र १८ वर्षिय युवाद्वय ‘सुनाखरी’ र ‘गुलाब’ रहेकाछन् ।
प्रहरीले रङ्गेहात पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जनाएकोछ । उनीहरुबाट बरामद भएको मोटरसाईकल धनी चन्द्रबहादुर गिरीले मोटरसाईकल खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजतालसको निवदेन दिएको प्रहरीले बताएकोछ ।
-मोटरसाईकल चोरी कार्यमा संलग्न २ जना बालक (१८ वर्षमुनी) रहेकाले समाचारमा उल्लेख गरिएको ‘सुनाखरी’ र ‘गुलाब’ परिर्वतित नाम हो ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो