भन्सार छलि ल्याएको लाखौं मूल्यको खसी बरामद


भन्सार छलि ल्याएको लाखौं मूल्यको खसी बरामद

नेपालगन्ज ३ भदौ : बाँके प्रहरीले भन्सार छलि ल्याएको लाखौं मूल्यको खसी बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सार छलि ल्याएको ४४ थान खसी सहित एउटा मिनी ट्रक प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय खजुरा, धनौलीबाट खटेको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नम्बर–८, चमकदारपुरबाट बुधबार राती भे १ क १२४३ नम्बरको मिनी ट्रकमा लोड गरिएका ४४ थान जिउँदो खसी नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको जिउँदो खसी र ट्रकको अन्दाजी मूल्य ९ लाख ४० हजार रुपैयाँ रहेकोछ । प्रहरीले मिनी ट्रक चालक कोहलपुर नगरपालिका वडा नम्बर–१४ बस्ने २० वर्षिय दीपक रानालाई समेत नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको बताएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ जैसपुरबाट भन्सार छलि ल्याएको विद्युतीय सामान बरामद गरेको जनाएकोछ ।

भारत उत्तर प्रेदेशको बहराईज जिल्ला रुपैडिहा बस्ने २४ वर्षिय समसुद्दिन शेषले भन्सार छलि चोरीपैठारी गरि ल्याएको अन्दाजी ५९ हजार रुपैयाँ बराबरको विभिन्न विद्युतीय उपकरण नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको विद्युतीय सामान र समसुद्दिन शेषलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले बताएकोछ ।