नेपालगन्ज ३ भदौ : बाँके प्रहरीले भन्सार छलि ल्याएको लाखौं मूल्यको खसी बरामद गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सार छलि ल्याएको ४४ थान खसी सहित एउटा मिनी ट्रक प्रहरीले बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय खजुरा, धनौलीबाट खटेको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नम्बर–८, चमकदारपुरबाट बुधबार राती भे १ क १२४३ नम्बरको मिनी ट्रकमा लोड गरिएका ४४ थान जिउँदो खसी नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको जिउँदो खसी र ट्रकको अन्दाजी मूल्य ९ लाख ४० हजार रुपैयाँ रहेकोछ । प्रहरीले मिनी ट्रक चालक कोहलपुर नगरपालिका वडा नम्बर–१४ बस्ने २० वर्षिय दीपक रानालाई समेत नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको बताएकोछ ।
यसैबीच, प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ जैसपुरबाट भन्सार छलि ल्याएको विद्युतीय सामान बरामद गरेको जनाएकोछ ।
भारत उत्तर प्रेदेशको बहराईज जिल्ला रुपैडिहा बस्ने २४ वर्षिय समसुद्दिन शेषले भन्सार छलि चोरीपैठारी गरि ल्याएको अन्दाजी ५९ हजार रुपैयाँ बराबरको विभिन्न विद्युतीय उपकरण नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको विद्युतीय सामान र समसुद्दिन शेषलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले बताएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो