भन्सार छलि ल्याएको कपडा बरामद


भन्सार छलि ल्याएको कपडा बरामद

नेपालगन्ज ४ भदौ : बाँके प्रहरीले भन्सार छलि ल्याएको अबैध कपडा बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ भन्सार नजिकबाट भन्सार छलि ल्याएको अबैध कपडा बरामद गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

भारतबाट भन्सार छलि चोरी पैठारी वेवारिसे अवस्थामा राखिएको अन्दाजी ८६ हजार ९ सय रुपैयाँ बराबरको विभिन्न कपडा बरामद गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको बाँके प्रहरीले जनाएकोछ ।