लागुऔषधसहित हुम्लाकी ३९ वर्षिया खण्डु पक्राउ


लागुऔषधसहित हुम्लाकी ३९ वर्षिया खण्डु पक्राउ

नेपालगन्ज ७ भदौ : बाँके प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क रोडमा रहेकी हुम्ला नाम्खा गाउँपालिका–१ घर भएकी ३९ वर्षीया खण्डु तामाङलाई लागुऔषध ब्राउनसुगर र नाइट्राजेपामसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङले लगाएको सुरुवालको खल्तीमा सेतो प्लास्टिकभित्र रहेको ६ ग्राम ब्राउनसुगर, उनले भिरेको झोलाभित्र ५ वटा बट्टाभित्र एक हजार ५ सय १५ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको हो । तामाङबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ ।

यसैबीच, बर्दियाको गुलरिया नगरपालिका–५, सहिदगेट नजिकबाट खैरापुरका ३५ वर्षीय अकलेश यादवलाई २७ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार यादवले लगाएको कालो हापप्याइन्टको अगाडिको खल्तीमा ३० वटा पुरिया बनाएको लागुऔषध राखेका थिए ।