नेपालगन्ज ७ भदौ : बाँके प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क रोडमा रहेकी हुम्ला नाम्खा गाउँपालिका–१ घर भएकी ३९ वर्षीया खण्डु तामाङलाई लागुऔषध ब्राउनसुगर र नाइट्राजेपामसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले लगाएको सुरुवालको खल्तीमा सेतो प्लास्टिकभित्र रहेको ६ ग्राम ब्राउनसुगर, उनले भिरेको झोलाभित्र ५ वटा बट्टाभित्र एक हजार ५ सय १५ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको हो । तामाङबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ ।
यसैबीच, बर्दियाको गुलरिया नगरपालिका–५, सहिदगेट नजिकबाट खैरापुरका ३५ वर्षीय अकलेश यादवलाई २७ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार यादवले लगाएको कालो हापप्याइन्टको अगाडिको खल्तीमा ३० वटा पुरिया बनाएको लागुऔषध राखेका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही