नेपालगन्ज ७ भदौ : बाँके प्रहरीले बैकिङ कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ गरेकोछ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–३ बस्ने ४० वर्षिय वसन्तलाल थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ् कसुर मुद्दामा जिल्ला अदालत बाँकेबाट २०७७ चैत्र ५ गते भएको फैसलाले ७ दिन कैद र ४ लाख ९ हजासर ७१० रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतले जरिवाना र सजाय तोकेलगत्तै फरार रहेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाईएकोछ ।
यसैबीच, बाँके प्रहरीले भन्सार छलि ल्याएको विभिन्न सामान र कपडा बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडान नम्बर १० स्नेहा होटल नजिक र जानकी गाउँपालिकाको साईगाउँ तथा बेलभारबाट भन्सार छलि ल्याइ बेवारिसे अवस्थामा छाडिएको अवस्थामा रहेको बेला प्रहरीले बरामद गरेको हो ।
अन्दाजी एक लाख ९५ हजार मूल्यको उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो