सिन्धुपाल्चोक ८ भदौ : पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए ।
अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए । निरन्तरको वर्षापछि आएको पहिरोले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिँड्न्समेत डरमर्दो अवस्था रहेको भुजेलले बताए ।
असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ । -रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो