जवरजस्ती करणी मुद्दामा फरार थारु पक्राउ


जवरजस्ती करणी मुद्दामा फरार थारु पक्राउ

नेपालगन्ज ८ भदौ : बाँके प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार एक प्रतिबादी पक्राउ गरेकोछ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–७ लखनवा बस्ने ६५ वर्षिय खागा थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

जवरजस्ती मुद्दामा जिल्ला अदालत बाँकेको २०७६ आसर ११ गतेको फैसलाले थारुलाई २ वर्ष ५ महिना ७ दिन कैद तोकेकोछ ।

अदालतबाट भएको फैसला लगत्तै थारु फरार रही लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले बताएको ।

Kanti Aarogya Hospital Nepalgunj