बर्दिया ९ भदौ : करेन्ट लागेर बर्दियामा ६ वर्षिय बालकको मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर– न २ का ६ वर्षिय दिपेन चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै खेलीरहेका ती बालकको विजुलीको तार एक्कासी चुडिँदा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।