नेपालगन्ज ११ भदौ : नेपालगन्ज उपमहानगरपालिकाले यहि भदौं ७ गते नेपालगन्जको सदरलाईन नजिकै मोटरसाईकलको ठक्करबाट अढाई वर्षिया बालिका अनाविया राईको निधन भएको खबरबाट अत्यन्त दुखिद भएको जनाएको छ ।
नगर प्रबक्ता प्रमोद रिजालले शुक्रबार विज्ञप्ती जारी गरी घटनालाई गम्भीरतापूर्वक लिदैं दुर्घटनाका जिम्मेवार मोटरसाईकल चालकलाई पहिचान गरी पक्राउका लागि जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको उल्लेख गरे ।
यस दुःखद् घटनापछि घटनालाई अतिरञ्जित गरि यस उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा र उपमहानगरपालिकालाई जोडेर भईरहेका केही गतिविधिप्रति यस उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ –‘दुर्घटना गराउने मोटरसाईकलकका चालकको खोजी गर्ने क्रममा नजिकै रहेको सिसिटिभी बिग्रिएको विषयमा उपमहानगरपालिकालाई जोडेर बदनाम गर्ने र भ्रम छर्ने प्रयास गरिएको छ ।’
नेपालगन्जको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपालगन्ज, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्थाहरुको अनुरोधका आधारमा उपमहानगरपालिकाले सिसिटिभी जडानका लागि सहयोग गरेको भएपनि यसको सञ्चालन र ब्यवस्थापनका लागि छुट्टै समिति क्रियाशिल रहेको जनाइएको छ ।
नगरभित्र जडान भएका र बिग्रिएका सम्पूर्ण सिसिटिभी मर्मतसम्भार गरी सञ्चालनका लागि यस कार्यालयबाट बारम्बार समन्वय भईरहेको भन्दै रिजालले तसर्थ घटनालाई अतिरञ्जित नगरी बास्तविकता बुझ्न अनुरोध गर्दै आम जनसमुदायमा कुनैपनि खालको भ्रममा नपर्न अनुरोध गरेकाछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही