विराटनगर १३ भदौ : इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह ‘आवर विराटनगर नेट’ले इन्टरनेट सेवा प्रदायक क्लासिक टेक नेटको ट्राफिक चोकमा रहेको शाखामा यही भदौ ११ गते सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रसारण गरेकामा उक्त अनलाइनलाई प्रतिबन्ध गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा समाचारमा चित्त नबुझेमा सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु नेपालको संविधानविपरीत भएको उल्लेख गरिएको छ ।
कानूनी उपचारको बाटो हुँदाहुँदै सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको गम्भीर हनन् भएकाले अविलम्ब क्षमा माग्दै प्रतिबन्ध हटाउन महासङ्घले माग गरेको छ ।
अविलम्ब प्रतिबन्ध नहटाएमा महासङ्घ जस्तोसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । -रासस
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही