डुडुवाले घरबार बगाएर उठीबास भएकालाई राहत प्रदान


डुडुवाले घरबार बगाएर उठीबास भएकालाई राहत प्रदान

नेपालगन्ज १४ भदौ : डुडुवाका बाढी पीडितलाई राहत प्रदान गरिएकोछ । गत भदौ ११ गते डुडुवा खोलमा आएको बाढीका कारण घरबारबिहीन बनेका डुडुवा गाउँपालिका वडा नम्बर–२, कधैपुर्वा गाउँका बाढी पीडितलाई राहत वितरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले डुडुवा खोलामा आएको बाढीका कारण घरबारबिहीन बनेका ३ घरधुरीलाई जनही १५ हजार नगद राहत प्रदान गरेकोछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा सोमबार डुडुवा गाउँपालिका वडा नम्बर–२, कधैपुर्वा पुगेको टोलीले बाढीले घर बगाएका ३ घरधुरीलाई राहत स्वरुप उक्त रकम हस्तान्तरण गरेको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका र अन्य निकायले पनि उनीहरुको व्यवस्थापनको लागि राहात उपलब्ध गराउने बताईएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यही भदौ ११ गते डुडुवा खोलामा आएको बाढीका कारण डुडुवा गाउँपालिका– २ कधैपुर्वाका स्थानीय ओमकार लोनिया, सुन्दर लोनिया र बहुरी लोनियाको घर पूर्ण रुपले क्षति भएको थियो ।
घरबास डुडुवाले बगाएर उठीबास लागेका डुडुवा खोला बाढी पीडितलाई तत्काल जीविकोपार्जनलाई सहयोग पुगोस् भनेर राहत उपलब्ध गराइएको ज्ञवाली जानकारी दिए ।

उनले बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले तत्कालको लागि उनीहरुको व्यवस्थापन सुरक्षित स्थानमा गरिएको र दीर्घकालिन रुपमा बाढी कटानको समस्या समाधानको लागि पहल गरिने बताएको जानकारी दिए ।

सो अवसरमा पीडितहरुले खोला तथा नदी तटिय क्षेत्रमा वर्षेनी हुने कटान, डुवान र पटानको दीर्घकालिन व्यवस्था गर्न पक्कि बाँध निर्माण गर्न आग्रह गरे । उनीहरुले बर्सेनी यस्ता विपद्बाट सो क्षेत्रका बासिन्दाको धनजनको सुरक्षा प्रदान गर्न सुरक्षति घरबासको लागि पहल गरिदिन समेत आग्रह गरेका थिए ।

राहत वितरणमा जिल्ला समस्व्य समित बाँकेका सह संयोजक ज्ञानेन्द्र कुमार चौधरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, नेपाली सेना भैरवप्रसाद गणका गणपती जनमतबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।