एक लाख बढिको अबैध सामान बरामद


एक लाख बढिको अबैध सामान बरामद

नेपालगन्ज १६ भदौ : भन्सार छलि ल्याइएको अबैध सामान बाँके प्रहरीले बरामद गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ जैसपुरमा बेवारिसे अवस्थामा राखिएको विभिन्न किसिमका कपडा, मोटरसाईकलको पार्टपुर्जा प्रहरीले बरामद गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीका अनुसार भारतबाट भन्सार छलि ठूलो मात्रामा विभिन्न किसिमका सामान नेपाल भित्रिरहेको खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले अन्दाजी एक लाख ४८ हजार ६९० रुपैयाँको समान बरामद गरेको छ ।

बरामद गरेको सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले बताएकोछ ।