पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते


पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

अर्घाखाँची १६ भदौ : अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ । अरू तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मंगलबार बेलुकी आएको पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन् । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।