डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रलाई पितृशोक


डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रलाई पितृशोक

नेपालगन्ज १६ भदौ : बाँकेका डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी ‘पप्पु’लाई पितृशोक परेकोछ ।

गाउँपालिका अध्यक्ष चौधरीका बुवा हरिनारायणको बुधबार बेलुका ४ बजे निधन भएको हो । मुटुरोगी रहेका गाउँपालिका अध्यक्ष चौधरीका ८५ वर्षिय बुवा हरिनारायणको उपचारका लागि भारत लैजाँदै गर्दा निधन भएको डुडुवा गाउँपालिकाले जनाएकोछ ।

गाउँपालिका अध्यक्ष चौधरीको बुवाको निधन भएपछि गाउँपालिकाले बुधबार शोक वक्तब्य निकाल्दै लामोसमयदेखि मुटु रोगबाट ग्रसित हरिनारायणलाई उपचारका लागि भारतको हरियाणा लैजादै गर्दा बाटोमा निधन भएको जनाएको हो । उनको हिन्दु परम्परा अनुसार बिहीबार दाहसंस्कार गरिनेछ ।

डुडुवा गाउँपालिको जग्गादाताको रुपमा समेत रहेका हरिनारायणको निधनले गाउँपालिकालाई अपूरणीय क्षती पुगेको उक्त शोक बक्तब्यमा उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

शोक बक्तब्यमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समबेदना समेत प्रकट गरेकोछ । राजनीतिकरुपमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका हरिनारायणको सामाजिक क्षेत्रमा अमूल्य योगदान रहेकोछ ।