रामपुर(पाल्पा) १७ भदौ : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार सडक बन्द गरिने भएको हो ।
बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग क्षेत्रमा खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी बिहीबार र शुक्रबार दुई रात एम्बुलेन्सबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ ।
राजमार्ग क्षेत्रमा खसेको पहिरो नहटाउँदा सवारी साधन आवतजावतमा समस्या परिरहेको हुँदा सडक नै बन्द गरेर काम गर्न लागिएको छ ।
पटक–पटक सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा पहिरो खसेर यात्रुले सास्ती खेप्नुपरेको छ । -रासस
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही