भारतलाई प्रजिअको पत्र, गृह मन्त्रालय मौन
नेपालगन्ज १८ भदौ : साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भए । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती शुरु गरेको छ । पछिल्लो ३ दिनयता दार्चुला सदरमुकाम खलंगा र ब्यास गाउँपालिकामा क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडाउन थालिएको दार्चुलाका प्रजिअ सिद्धराज जोशीले बताए ।
‘पछिल्लो तीन दिनयता खलंगा क्षेत्रमा निरन्तर हेलिकप्टर उड्न थालेपछि हामीले सो गतिविधि रोक्न पत्राचार गरेका छौं’ प्रजिअ जोशीले भने–‘बिहिबार पत्र पठायौं, जवाफ आएको छैन ।’ तीन दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो । तर, भारतले तीन दिनयता खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको छ ।
स्थानीय प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आपत्ति जनाएको छ । पत्रको बोधार्थ धार्चुलालाई पनि पठाइएको प्रजिअ जोशीले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो बारेमा गृह मन्त्रालयलाई पनि जानकारी दिएको छ । तर, गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसबारे प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सम्पर्कमा आउन चाहेनन् ।
नेपाली सेनाको दार्चुलास्थित गुरु गोरख गुल्मले पनि जंगी अड्डालाई यसबारे जानकारी गराएको छ । -रातोपाटीबाट
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही