नेपालगन्ज १८ भदौ : यस वर्ष मनसुन सुरु भएयता देशका विभिन्न ठाउँमा ११६ जनाको मृत्यु भएको छ भने अझै ३१ जना बेपत्ता रहेकाछन् । बाढी, पहिरो र डुवानका कारण उनीहरुको मृत्यु भएको हो ।
नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार गत जेठ ३० गते यता शुक्रबार (भदौ १७ गते) दिसँसोसम्म देशभर बाढी, पहिरो र डुवानमा परी ११६ जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका छन् । भने बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय ३६ जना घाइते भएका छन् । घाइते हुनेमा ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् ।
यस्तै सोही अवधिमा बाढी तथा पहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ भने बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
यस वर्ष बाढीका कारण देशभर ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन् । भने ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस्तै एक हजार ३ सय ३ वटा पशु चौपायको मृत्यु भएको पनि बताएकोछ ।
मनसुन सुरु भएयताको अवधिमा भएका जम्मा एक हजार ३ सय ४५ वटा विपत्को घटनाबाट एक हजार २ सय ६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएका छन् ।
जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार देशभर मौसममा बदली भइ अझ केही दिन वर्षा हुने जनाएकोछ । अझै नेपालमा मौसम सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशका थुप्रै स्थानमा भारी वर्षा हुने र नदी र यसका साहयक जलसायमा जलस्तर बढ्ने, पहिरो जाने भन्दै नदी तटिय क्षेत्र र डुवान जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही