‘सिआईबी इन्स्पेक्टर’ प्रहरी फन्दामा


‘सिआईबी इन्स्पेक्टर’ प्रहरी फन्दामा

नेपालगन्ज २० भदौ : बाँके प्रहरीले ‘सिआईबी इन्स्पेक्टर’लाई आफ्नो नियन्त्रणमा लिएकोछ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले ‘सिआइबीको ईन्स्पेक्टर’ हुँ भन्दै डर, त्रास देखाई सर्वसाधरणलाई धम्क्याउदै हिँड्ने सल्यान दर्माकोट गाउँपालिका–२ बस्ने ३२ वर्षिय दीपेन्द्र रोकायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रोकायले ‘मिशन रोकाय क्षेत्री’को नाममा सिआइबीको लोगो प्रयोग गरि फेसबुक खोलेको पाइएकोछ ।

नक्कली सिआइबी इन्स्पेक्टर रोकायले कोहलपुर नगरपालिका वडा नम्बर–११ बासपार्क क्षेत्रमा सर्वसाधरणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी नियन्त्रणमा रहेका रोकायमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ । अभद्र ब्यवहारमा कारबाही गर्ने प्रहरीको तयारी छ कोही ठगिएको खुल्न आए ठगि मुद्दा समेत चलाउने प्रहरीले बताएकोछ ।