नेपालगन्ज २० भदौ : बाँके प्रहरीले ‘सिआईबी इन्स्पेक्टर’लाई आफ्नो नियन्त्रणमा लिएकोछ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले ‘सिआइबीको ईन्स्पेक्टर’ हुँ भन्दै डर, त्रास देखाई सर्वसाधरणलाई धम्क्याउदै हिँड्ने सल्यान दर्माकोट गाउँपालिका–२ बस्ने ३२ वर्षिय दीपेन्द्र रोकायलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रोकायले ‘मिशन रोकाय क्षेत्री’को नाममा सिआइबीको लोगो प्रयोग गरि फेसबुक खोलेको पाइएकोछ ।
नक्कली सिआइबी इन्स्पेक्टर रोकायले कोहलपुर नगरपालिका वडा नम्बर–११ बासपार्क क्षेत्रमा सर्वसाधरणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा रहेका रोकायमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ । अभद्र ब्यवहारमा कारबाही गर्ने प्रहरीको तयारी छ कोही ठगिएको खुल्न आए ठगि मुद्दा समेत चलाउने प्रहरीले बताएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही