साढे तीन घण्टाको झरिले काठमाडौंका ३५० घर डुबे, १५० बढीको उद्धार


साढे तीन घण्टाको झरिले काठमाडौंका ३५० घर डुबे, १५० बढीको उद्धार

नेपालगन्ज २१ भदौ : रातभर परेको भारी वर्षाका कारण काठमाण्डौं खोला किनारमा रहेका ३५० घर डुबानमा परेका छन् ।

भारी वर्षाका कारण काठमाडौं आसपासका क्षेत्रमा ठूलो डुवान भएको हो । राती साढे ३ घण्टामा १०५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वर्षाका कारण काठमाण्डौं क्षेत्रका ३५० घर डुबानमा परेका छन् भने १५० बढीको उद्धार गरिएको छ ।

काठमाडौंका कोटेश्वर, बल्खु, कुलेश्वर, बालाजु बसपार्क, शंखमूल, कालीमाटी बजारक्षेत्रका घरहरु डुबानमा परेका हुन् । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षती भएको छैन ।