नेपालगन्जमा जडित सीसि क्यामेराको व्यवस्थापन गर


नेपालगन्जमा जडित सीसि क्यामेराको व्यवस्थापन गर

नेपालगन्ज २१ भदौ : अपराध अनुसन्धान लगायत विभिन्न महत्वपूर्ण कार्यमा प्रभावकारि मानिएको सीसि क्यामेरा चुस्तदुरुस्त राख्न बाँके प्रशासनको ध्यानाकर्षण गराइएकोछ ।

नेपालगन्ज शहरका विभिन्न स्थानमा जडान गरिएका सीसि क्यामेराको उचित व्यवस्थापन गर्न भन्दै बाँके प्रशासनको ध्यानकषर्ण गराइएको हो । 

शहरभित्र हुने विभिन्न अपराधिक क्रियाकलापको नियन्त्रण, शान्ति सुरक्षा, चोरी शिकारी, सडकदुर्घटना जस्ता घटनाको निगरानीका लागि भन्दै जडित सीसि क्यामेराको उचित व्यवस्थापन गर्न भन्दै बाँकेका सरोकारवालाले प्रशासनलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरमा जडित अधिकांश सीसि क्यामेरा बिग्रिएको, काम नलाग्ने भएको, भएकाले पनि काम नगरेको र विभिन्न नाकामा थप सीसि क्यामेरा जडान गर्नुपर्ने भन्दै बाँकेका नागरिक समाजका अगुवाहरुले बाँकेका सहाय प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई उक्त ज्ञापन पत्र बुझएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी नेतृत्वको समुहले उक्त ज्ञापन पत्र बुझाउँदै सीसि क्यामेरा व्यवस्थापनमा विलम्ब नगर्न आग्रह गरे ।

ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी विष्टले नगरमा जडान भएको सीसि क्यामेराको मर्मत सम्भारको कार्य गर्नुपर्ने देखिएका बताउँदै यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी र निजी उद्योगी व्यवसायीहरुको सहयोगमा लाखौ रुपैयाँमा सीसि क्यामेरा जडान गरिएको थियो । त्यसको व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयमा सचिवालय समेत राखिएको छ । तर, प्रहरीकै हातमा सीसि क्यामेरा नियन्त्रणमा हुदाँ समेत त्यसको खासै प्रभावकारिता भएको छैन ।

नजिकिदै गरेको चाडबाडसंगै बजारमा सर्वसाधरणको भीड बढ्दो छ । तर, विग्रिएका सीसि क्यामेराको भरमा नगरको सुरक्षा निगरानी भइरहेकोछ । यसले अपराध र अपराधीलाई बढावा दिएको भन्दै यतिबेला नेपालगन्जमा जडान भएका सीसि क्यामेराको उचित ब्यवस्थापनसंगै थप संख्यामा सीसि क्यामेरा जडानको जनस्तरबाटै आवाज उठिरहेकोछ ।