File Photo
नेपालगन्ज २३ भदौ : बाँकेको राप्ती नदीमा नेपालगन्ज उपमहानगरपालिकाका एक युवा बेपत्ता भएकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटी नगरका युवा सरोज चन्द बेपत्ता भएका हुन् ।
स्थानीयको मलामी गएका चन्द बुधबार बिहान साढे ११ बजे राप्ती नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।
डुडुवा गाउँपालिकाको कम्दी स्थित सिधनीया घाटमा स्थानीयको मलामी गाएका अन्दाजी २६/२७ वर्षिय चन्द राप्ती नदीमा बेपत्ता भएका हुन् ।
दाहसँस्कार भइरहेका बेला चन्द राप्ती नदी पुल छेउमा नुहान गएका बेला बेपत्ता भएका हुन् । नदीको पानी धमिलो हुनुको साथै पानीको बहाव बढि भएकाले खोजीमा समस्या भएको छ ।
प्रहरी प्रवक्ता न्यौपानेले भने सशस्त्र प्रहरीको गोताखोर टोलीले चन्दको खोजी गरिरहेकोछ । हालसम्म चन्द भेटिएका छैनन् ।
यस्तै बुधबार बिहानै बाँके–बर्दियाको सीमा क्षेत्रमा पर्ने मान खोलाले बगाउँदा बाँकेको खजुरा गाउपालिका–७ का अन्दाजी ५०/५५ वर्षिय विक्रम राई बेपत्ता भएका छन् ।
बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान खोलाले बगाएको हो ।
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार राईको पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेकोछ । हालसम्म राई पनि भेटिएका छैनन् ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु