भृकुटीनगरका युवा राप्ती नदीमा बेपत्ता, सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजी जारी


भृकुटीनगरका युवा राप्ती नदीमा बेपत्ता, सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजी जारी

File Photo

नेपालगन्ज २३ भदौ : बाँकेको राप्ती नदीमा नेपालगन्ज उपमहानगरपालिकाका एक युवा बेपत्ता भएकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटी नगरका युवा सरोज चन्द बेपत्ता भएका हुन् ।

स्थानीयको मलामी गएका चन्द बुधबार बिहान साढे ११ बजे राप्ती नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।
डुडुवा गाउँपालिकाको कम्दी स्थित सिधनीया घाटमा स्थानीयको मलामी गाएका अन्दाजी २६/२७ वर्षिय चन्द राप्ती नदीमा बेपत्ता भएका हुन् ।

दाहसँस्कार भइरहेका बेला चन्द राप्ती नदी पुल छेउमा नुहान गएका बेला बेपत्ता भएका हुन् । नदीको पानी धमिलो हुनुको साथै पानीको बहाव बढि भएकाले खोजीमा समस्या भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरी प्रवक्ता न्यौपानेले भने सशस्त्र प्रहरीको गोताखोर टोलीले चन्दको खोजी गरिरहेकोछ । हालसम्म चन्द भेटिएका छैनन् ।

यस्तै बुधबार बिहानै बाँके–बर्दियाको सीमा क्षेत्रमा पर्ने मान खोलाले बगाउँदा बाँकेको खजुरा गाउपालिका–७ का अन्दाजी ५०/५५ वर्षिय विक्रम राई बेपत्ता भएका छन् ।

बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान खोलाले बगाएको हो ।

प्रहरी प्रवक्ता न्यौपानेका अनुसार राईको पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेकोछ । हालसम्म राई पनि भेटिएका छैनन् ।