खुलेन पशुपतिनाथको मन्दिर


खुलेन पशुपतिनाथको मन्दिर

नेपालगन्ज २४ भदौ : कोरोना महामारीका कारण यसपालिको तीजमा पशुपतिनाथको मन्दिर खुलेको छैन ।

कोरोना महामारीको बेलामा मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुँदा तीजमा मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्दिर नखुले पनि भक्तजनहरू त्यहाँ पुगेर बाहिरैबाट पूजा–आराधना गरेर फर्किने गरेका छन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै पशुपतिनाथको मन्दिर आउँदो असोज १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।