नेपालगन्ज २८ भदौ : सशस्त्र प्रहरीले नेपालगन्ज सीमानाकाबाट दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोबिन्दबिहारी शुक्लाको कमाण्डमा खटेको टोलीले आज बिहान ७ बजे नेपालगन्ज १६ जयसपुर हुँदै भारततर्फ लैजादै गरिएको १४०० ग्राम बराबरको सालकको खपेटासहित विभिन्न सामाग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले जयसपुर नाकाबाट लुकाईछिपाई शंकास्पद तरिकाले भारततर्फ सालकसहित अन्य सामाग्री लैजाँदै गरेका बार बर्दिया नगरपालिका वडा नम्बर– १ बनगाइका २४ वर्षीय नकुल थापा मगरलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक अशोक बमका अनुसार सालकको खपेटा र पक्राउ परेका नकुललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ ।
त्यस्तै नकुलका साथबाट गस्ती टोलीले रेड मी ९ मोडेलको एक थान मोबाइल सेट, मोबाइल सेटमा प्रयोग गरिएका २ थान सिम, प्रयोग नभएको एक थान सिम, रातो सानो ब्ल्याकेट एक थान झोला समेत बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक बमले सिमा नाकामा हुने तस्करी रोक्न कडा निर्देशन दिएका छन् । अहिले सशस्त्र प्रहरीले सिमा नाकामा कडाइ गर्दै धमाधम तस्करीका सामाग्री बरामद गर्दै आएको छ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही