भन्सार छलि ल्याएको २ लाख बढिको सामाग्री बरामद


भन्सार छलि ल्याएको २ लाख बढिको सामाग्री बरामद

नेपालगन्ज २८ भदौ : बाँके प्रहरीले भन्सार छलि ल्याएको खसी तथा बेवारिसे अवस्थामा राखेको लत्तकपडा र मोटरसाईकलका पार्टपुर्जा बरामद गरेकोछ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० ट्राफिक चोक नजिकबाट उक्त सामान प्रहरीले बरामद गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके प्रहरीका अनुसार बरामद गरिएका उक्त सामाग्रीको अन्दाजी मूल्य २ लाख ४६ हजार ४४० रुपैयाँ रहेकोछ । प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।