नेपालगन्ज १ असोज : प्रहरीले दाङको घोराहीबाट आफ्नै श्रीमानको हत्या अभियोगमा मृतककी श्रीमतीलाई पक्राउ गरेको छ ।
दाङ घोराही उपमहानगरपालिका वडा नम्बर–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई प्रहरीले हिजो राती पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा मनसरा पक्राउ परेकी हुन् ।
छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो ।
सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । हत्याबारे अनुसन्धान भइरहेकोले थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही