घाँटी थिचेर श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


घाँटी थिचेर श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

नेपालगन्ज १ असोज : प्रहरीले दाङको घोराहीबाट आफ्नै श्रीमानको हत्या अभियोगमा मृतककी श्रीमतीलाई पक्राउ गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई प्रहरीले हिजो राती पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा मनसरा पक्राउ परेकी हुन् ।

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । हत्याबारे अनुसन्धान भइरहेकोले थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएकोछ ।