बर्दियामा मानव बेचबिखन तथा यौन शोषणविरुद्ध सामुहिक पहल सुरु


बर्दियामा मानव बेचबिखन तथा यौन शोषणविरुद्ध सामुहिक पहल सुरु

बर्दिया १ असोज : मानव बेचबिखन तथा यौन शोषण विरुद्ध बर्दियामा सामुहिक पहल सुरु गरिने भएकोछ । यसका लागि भारतीय सीमासंग जोडिएका बर्दियाका ४ पालिकाबीच सामुहिक पहल गरिनेछ ।

बर्दियामा मानबेचबिखन तथा यौन शोषणका घटना न्यूनिकरण गर्न आयोजित छलफलमा सहभागि सम्बद्ध सरोकारवालाहरुले सहकार्य गर्न सामुहिक प्रतिबद्धता समेत ब्यक्त गरेकाछन् ।

बर्दियाका गुलरिया नगरपालिका, राजापुर राजापुर, मधुवन नगरपालिका र बढैयाताल गाँउपालिका भारतीय सीमासंग जोडिएका पालिका हुन् ।

मानव बेचबिखन तथा यौन शोषणका घटनामा प्रहरी गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक इश्वर कार्कीले बताए । उनले यस्ता घटना न्यूनिकरण गर्न प्रहरीको मात्र एकल प्रयासले सम्भव नहुने भन्दै सामुहिक पहल आवश्यक रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘मानवबेचबिखन तथा यौन शोषणविरुद्ध सक्रिय सामाजिक संघसंस्थांसग प्रहरी सधै समन्वय गर्दै अघि बढिरेको छ’ प्रहरी उपरीक्षक कार्कीले भने–‘पछिल्लो पटक बर्दियामा आत्महत्याका घटनामा बृद्धि भएर आएको छ यो विषयमा पनि सबैको ध्यान जान जरुरी छ ।’

नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओलीले भारतीय सीमासंग जोडिएका जिल्लामा खुला सीमानाकाकाले अपराधको ग्राफ बढ्ने तर्क राखे । खुला सीमानाकाका कारण भारतीय सीमासंग जोडिएका पालिका उच्च जोखिममा छ । यसका लागि प्रचुर स्रोत साधनको ब्यवस्था गरिनुपर्छ ।

साथी संस्था बाँकेकी जिल्ला व्यवस्थापन समिति संयोजक सरस्वती शर्माले मानव बेचबिखन तथा यौन शोषणविरुद्ध बर्दियाका भारतसंग सीमा जोडिएका गुलरिया नगरपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाँउपालिकामा कार्यक्रम सुरु गरिएको बताइन् ।

उनले भनिन्–‘पछिल्लो समय मानव बेचबिखन तथा यौन शोषणका घटनामा बृद्धि भइरहेकोछ । यसका विरुद्ध सबैले साझा संकल्प लिइनुपर्छ ।’

साथी संस्थाको कोभिड–१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचबिखन रोकथाम परियोजना अन्तर्गत भएको उक्त छलफल कार्यक्रममा गैर सरकारी संस्था महासंघका बर्दियाका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, शान्ति पुनस्र्थापना गृहका सपना शर्मा लगायतले मानव बेचविखन तथा यौन शोषण विरुद्ध आफ्ना धारणा राखेको साथीका कार्यक्रम संयोजक कुलराज दहीतले जानकारी दिए ।